काठमाडौं, वैशाख १० :

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औं राष्ट्रिय सम्मेलनबाट डा. पद्मप्रसाद खतिवडाको नेतृत्वमा १५१ सदस्य केन्द्रीय कमिटी निर्विरोध चयन भएको छ ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरूमा नरेन्द्र कोइराला, भरत राई, तेजविक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, डा. तिलक भुसाल, नरेन्द्र शिवाकोटी र माया घिमिरे चयन भएका छन् ।

संगठनको महासचिवमा सुमन खरेल र उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र डा देवराज आर्याल, सचिवमा होमबहादुर बस्नेत, किशोर साह, छवि बराल, श्रीकान्त खतिवडा, भुवनेश्वर लामिछाने, विष्णुकुमार खड्का, कृष्णसिंह साउद, कोषाध्यक्षमा कृष्ण ओझा र सहकोषाध्यक्षमा चन्द्रवदना राई चयन भएका निर्वाचन समितिले जनाएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले वैशाख ८ गते कीर्तिपुरमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए ।