
काठमाडौं, वैशाख १५ :
सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) एक लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज (सोमबार) सुन प्रतिऔंस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।