काठमाडौं, वैशाख १६ :

नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज (मंगलबार) ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य स्थिर छ । चाँदीको मूल्य मंगलबार प्रतितोला एक हजार ९७० कायम भएको छ । सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुरु तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।