बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स #प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स
राजनीति भिडियो

राष्ट्रिय सभामा वैशाख २२ र २३ गते नीति तथा कार्यक्रममाथि छलफल हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ वैशाख, २०८२ मा प्रकाशित
राष्ट्रिय सभामा वैशाख २२ र २३ गते नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं, वैशाख १९ :

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ ।

राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए । उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वका आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिनअगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे ।

अध्यक्ष दाहालले नीति तथा कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र राष्ट्रियसभाको कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सक्ने पनि जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २१ गते बस्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार