बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

संक्रमणकालीन न्यायका विषयमा प्रधानमन्त्री र माओवादी अध्यक्षबीच छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ वैशाख, २०८२ मा प्रकाशित
संक्रमणकालीन न्यायका विषयमा प्रधानमन्त्री र माओवादी अध्यक्षबीच छलफल
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
काठमाडौं, वैशाख २१ :

प्रधानमन्त्री केपी ओली  र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल शान्ति प्रक्रियासँग सम्बन्धित सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी नियुक्तिबारे केन्द्रित रहेको छ।

छलफलमा एमाले उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् ।

सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुई आयोगका लागि पदाधिकारी सिफारिस गर्ने समिति गठन गरिसकेको छ । तर, आयोगमा नियुक्तिका लागि प्रमुख तीन दलबीच अझै सहमति जुट्न सकेको छैन ।

यसअघि वैशाख १८ गते उक्त विषयमा सहमति जुटाउन तीन दलबीच बैठक बोलाइएको थियो । तर, माओवादी अध्यक्ष दाहाल सो बैठकमा अनुपस्थित भएका थिए । आजको छलफलले आयोगमा नियुक्तिको विषयमा सहमति खोज्ने प्रयास स्वरूप लिइएको बुझिएको छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार