बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार प्रदेश गण्डकी प्रदेश

फेवातालमा फसेका ८ जनाको सुरक्षाकर्मीद्वारा उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
फेवातालमा फसेका ८ जनाको सुरक्षाकर्मीद्वारा उद्धार
कास्की, वैशाख २२ :

पोखराको फेवातालमा फसेका ८ जनाको उद्धार गरिएको छ । डुंगामा चढेर ताल सयर गर्न गएकाहरु आज दिउँसो एक्कासी हावाहुरीसहित परेको पानीका कारण तालमै अलपत्र परेका थिए । उनीहरुलाई शसस्त्र प्रहरी र नेपाल आर्मीको टोलीले तत्काल उद्दार गरेको थियो ।

८ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीचभागमा अलपत्र परेका र २ जना तालमा खसेको अवस्थामा उद्धार गरिएको २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए ।  

तालबाराही मन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि उद्दार गरिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । पोखरामा दिउँसो एक्कासी हावाहुरीसहित पानी परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार