सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

प्रचण्ड भन्छन्- समाजवादी क्रान्तिको तयारी गर्दा घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
प्रचण्ड भन्छन्- समाजवादी क्रान्तिको तयारी गर्दा घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको छ
फाइल फोटो ।
काठमाडाैं, वैशाख २७ :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूले समाजवादी क्रान्तिको तयारी सुरु गरेसँगै विभिन्न शक्तिहरूबाट घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको बताएका छन्।

२५औं निर्मल लामा स्मृति दिवसको अवसरमा  पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राम्रो पार्टी बनाउन र सही बाटोमा अघि बढ्न खोज्दा बारम्बार षड्यन्त्रको सिकार हुनुपरेको बताएका हुन्।

‘अहिले फेरि हामी कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्श र निष्ठाको मार्गतर्फ लैजान खोजिरहेका छौं,’ प्रचण्डले भने, ‘तर त्यसका लागि थुप्रै चुनौती छन्। ती चुनौतीहरूको सामना गर्दै हामी विचार, मुद्दा, वर्ग र समुदाय केन्द्रित गर्दै यथास्थितिविरुद्ध संघर्षमा जुटेका छौं।’ प्रचण्डका अनुसार भ्रम फैलाउने, राजनीतिक घेराबन्दी गर्ने र योजनाबद्ध षड्यन्त्र गर्ने प्रयास भइरहेको छ।

उनले समाजवादी क्रान्तिको मार्गमा अघि बढ्दा प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादी शक्तिहरूले विभिन्न प्रकारका अवरोध सिर्जना गर्ने गरेको आरोप समेत लगाए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार