बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति प्रदेश लुम्बिनी प्रदेश

रविको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ भएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
फाइत तस्बिर ।
फाइल तस्बिर।
बुटवल, वैशाख २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतको पेशी सूचीमा पहिलो नम्बरमा रहेको यो निवेदन न्यायाधीश सुनीलकुमार पोखरेल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको थियो। तर, न्यायाधीश पोखरेलले लामिछानेको तर्फबाट पहिले नै बहस गरिसकेको आधारमा उक्त मुद्दा हेर्न नमिल्ने जनाएपछि सुनुवाइ रोकिएको हो ।

लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। उनले रविलाई कानुनी प्रक्रिया नअपनाई पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै रिहाइको माग गरेकी छन् ।

सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेपनि उच्च अदालत बुटवलले उक्त आदेश उल्टाउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दिएका छन्। तर, त्यो निवेदनमा पनि अहिलेसम्म अन्तिम सुनुवाइ भइसकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार