
काठमाडौं, वैशाख २९ :

नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३७ सय रुपैयाँ घटेको हो ।
जसअनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।