बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

भारत र पाकिस्तानद्वारा एक-अर्काका कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
भारत र पाकिस्तानद्वारा एक-अर्काका कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश
काठमाडौं, वैशाख ३१ :

भारत र पाकिस्तानले एक-एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् ।  दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।

पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘पाकिस्तानी प्रशासनले भारतीय कार्यवाहक राजदूतलाई सोधपुछका लागि परराष्ट्र मन्त्रालयमा बोलाएको र उक्त निर्णयबारे औपचारिक जानकारी दिएको थियो,’ विदेश मन्त्रालयले भनेको छ, ‘मन्त्रालयले भारतीय नियोगलाई आफ्ना कर्मचारीहरूलाई उनीहरूको कूटनीतिक जिम्मेवारीसँग मेल नखाने कार्यहरूबाट जोगिन सुनिश्चित गर्न आग्रह गरेको छ।’

यसअघि, भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको थियो ।

भारतीय विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश छोड्न आदेश दिइएका पाकिस्तानी कूटनीतिज्ञले ‘भारतमा आफ्नो आधिकारिक हैसियतअनुरूप गतिविधिमा संलग्न नभएकोले उहाँलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिइएको छ ।’ भारत र पाकिस्तानबीच फेरि कूटनीतिक तनाव चुलिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार