बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
राजनीति

बस्नेतको सांसद पद निलम्बन, सभामुखले संसद्‍मा सुनाए सूचना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
बस्नेतको सांसद पद निलम्बन, सभामुखले संसद्‍मा सुनाए सूचना
काठमाडौं, जेठ १ :

प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन गरिएको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सो सम्बन्धी सूचना संसद्‍मा प्रस्तुत गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उक्त सूचना संसद् सचिवालयमा पुगेपछि सभामुख घिमिरेले बैठकमा औपचारिक रूपमा जानकारी गराएका हुन्।

भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएमा उनीहरू स्वचालित रूपमा निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। सोही आधारमा बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो।

र यो पनि…

प्रतिनिधिसभामा निलम्बित हुने सांसदको संख्या ४ पुग्यो, एक जनाले पाए सफाइ

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार