बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रवि र छविको बन्दी प्रत्यक्षीकरण रिट सुवेदी र ढकालको इजलासमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
रवि र छविको बन्दी प्रत्यक्षीकरण रिट सुवेदी र ढकालको इजलासमा
काठमाडौं, जेठ ६ :

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

यसअघि पटक–पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेकाले सुनुवाइ हुन नसकेको रिट आज दोस्रो नम्बरमै पेशी परेको छ, जसले गर्दा आजै सुनुवाइ हुने सम्भावना छ । लामिछानेसँगै थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीको रिट पनि सोही इजलासमा तोकिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार