काठमाडौं, जेठ ६ :

गण्डकी प्रदेशको पोखरा आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।