बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पले लगाए नरसंहारको आरोप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ जेठ, २०८२ मा प्रकाशित
दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पले लगाए नरसंहारको आरोप
वासिङटन, जेठ ८ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसामाथि श्वेत किसानहरू विरुद्ध ‘नरसंहार’ भइरहेको आरोप लगाउँदै विवादास्पद भिडियो प्ले गरेर आक्रोश व्यक्त गरेका छन्।

ह्वाइट हाउसमा आयोजित भेटका क्रममा ट्रम्पले चार मिनेटको भिडियो देखाउँदै श्वेत किसानहरू मारिएको र उनीहरूको जमिन खोसिएको दाबी गरेका थिए। उनले भिडियोमा देखिएका दृश्यहरूलाई प्रमाणका रूपमा प्रस्तुत गरे पनि तीमध्ये केही सामग्री कङ्गोबाट लिइएको खुलेको छ।

रामाफोसाले ट्रम्पका दाबीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दै उक्त भिडियोमा देखाइएका उग्र अभिव्यक्तिहरू विपक्षी दलका नेताहरूका भएको र सरकारले शान्तिपूर्ण संवादमार्फत असमानता समाधान गर्न खोजिरहेको बताएका छन्।

भेटमा सहभागी रहेका दक्षिण अफ्रिकाका दुई चर्चित गल्फर अर्नी एल्स र रेटिफ गुसेनले समेत वातावरण शान्त पार्ने प्रयास गरेका थिए।

रामाफोसाले दुई देशबीचको सम्बन्ध पुनःस्थापना गर्न आएको बताएका छन् भने आगामी जी–२० सम्मेलनमा ट्रम्पको सहभागिता अपेक्षा गरिएको छ। यो घटना ट्रम्प प्रशासनले दक्षिण अफ्रिकालाई निशाना बनाउँदै आएको पछिल्लो संकेतको रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार