
काठमाडौँ, भदौ १९ :
आईसीसी क्रिकेट विश्वकप लिग- टु को तयारीका लागि नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ ।
अभ्यास खेलका लागि नेपाली टोली श्रीलङ्का गएको छ । खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुने छ ।
यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीवार हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग- टु मा नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानसँग खेल्ने छ ।
आईसीसी क्रिकेट विश्वकप लिग- २ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौँ स्थानमा रहेको छ । नेदरल्याण्ड्स ८ खेलमा ६ जित सहित १२ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।