काठमाण्डौं, जेठ १० :

विगत केही दिन यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासंग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक संजालमा आएका समाचार एवं क्रियाप्रतिक्रियाप्रति  गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आधारहिन,तथ्यहिन, कपोकल्पित र भ्रामक समाचार सम्प्रेषण गरेको प्रति दुख्ख व्यक्त गर्दै यस्ता कुनैपनि गैरकानुनी र भ्रस्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्ति मार्फत गृहले स्पष्ट पारेको छ ।

भिजिट भिसा मार्फत विदेश जान खोज्ने युवासँग रकम असुली भएको प्रकरणमा अख्तियारले अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित १४ कर्मचारीलाई अनुसन्धानमा राखेको छ। मन्त्रालयले ती कर्मचारीलाई शुक्रबार जिम्मेवारीबाट हटाएको छ। 

र यो पनि…

भिजिट भिसा प्रकरणमा आजै विज्ञप्ति आउँछ, केही दिनमा म पनि बोल्छु : गृहमन्त्री लेखक