शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

माओवादी र नेसपा बीचको पार्टी एकता कि गंगानारायण श्रेष्ठको पुरानो घर फिर्ती ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
माओवादी र नेसपा बीचको पार्टी एकता कि गंगानारायण श्रेष्ठको पुरानो घर फिर्ती ?
काठमाडाैं, जेठ १२ :

नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठ नौ वर्षपछि पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किंदै छन्। श्रेष्ठले नौ वर्षअघि माओवादी पार्टी त्याग गरी अलग बाटो समातेका थिए। अब भने उनी फेरि पुरानै घरमा फर्किन लागेका छन्।

श्रेष्ठको नेतृत्वमा आज माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता घोषणा गरिँदैछ। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० बजे औपचारिक कार्यक्रममार्फत एकता सार्वजनिक गरिने भएको हो।

२०७९ चैत ३ मा भएको तीन बुँदे सहमतिका आधारमा आज एकता घोषणा हुन लागेको हो। पूर्वअध्यक्ष महिन्द्र राय यादवले माओवादीसँगको एकता प्रक्राप्रति चासो नदेखाएपछि श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गर्दै नेतृत्व हातमा लिएका थिए।

आइतबार ललितपुरको एकान्तकुनामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले श्रेष्ठलाई संयोजक तोक्दै माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको हो। बैठकमा २९ कार्यकारिणी सदस्यमध्ये १७ र १६० केन्द्रीय सदस्यमध्ये ९९ जना श्रेष्ठको पक्षमा उभिएका थिए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार