बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार राजनीति अर्थतन्त्र

महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गरी कारबाही गर्न सरकारलाई लेखा समितिको पत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गरी कारबाही गर्न सरकारलाई लेखा समितिको पत्र
काठमाडौं, जेठ १२ :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसद्‌को सार्वजनिक लेखा समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गर्न सरकारलाई पत्रमार्फत सिफारिस गरेको छ ।

बहालवाला कर्मचारीहरूलाई सिधै सम्पत्ति शुद्धीकरण विभागबाट निलम्बन गर्ने प्रचलन नभएकाले समितिले सरकारलाई पत्राचार गरेको हो ।

सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले पोखरा विमानस्थलको निर्माणमा ठूला अनियमितता भएको भन्दै त्यसमा संलग्न देखिएका पदाधिकारीहरूको नामसहितको प्रतिवेदन लेखा समितिमा पेस गरेको थियो ।

समितिले सो प्रतिवेदन अनुमोदन गर्दै पदमा बसेका दोषी देखिएका अधिकारीहरूलाई निलम्बन गरी छानबिन गर्न सरकारलाई पत्र पठाएको हो ।

प्रदीप अधिकारी २०७१ देखि २०७४ सम्म विमानस्थल आयोजनाका प्रमुख थिए भने हाल प्राधिकरणको महानिर्देशकको रूपमा कार्यरत छन् ।

उनसँगै आयोजना प्रमुख विनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, प्रविन न्यौपाने, राजेन्द्रप्रसाद पौडेल र बाबुराम पौडेलको नामसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले उनीहरूलाई तत्काल निलम्बन गरी छानबिन अघि बढाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार