
काठमाडौं, जेठ १४ :
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते (भोलि) संसद्मा प्रस्तुत हुँदैछ।
यद्यपि गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै संसद् अवरोध गर्दै आएका प्रमुख विपक्षी दलहरूले बजेट प्रस्तुत गर्ने क्रममा अवरोध नगर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरी सहयोग आग्रह गरेका थिए।
स्रोतका अनुसार प्रचण्डले बजेट आउन दिने संकेत दिएका छन्, तर संसद्का अन्य नियमित काम भने गृहमन्त्रीको राजीनामा र छानबिनपछि मात्र अघि बढ्न दिने अडानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि बजेट प्रस्तुत गर्ने बेला अवरोध नगर्ने स्पष्ट पारेका छन्।