बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

माओवादीको निर्णय- गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
माओवादीको निर्णय- गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने
काठमाडौं, जेठ १६ :

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा शुक्रबार बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लीलामणि पोरखेलले जानकारी दिए । ‘राजीनामा नदिएसम्म संसद् अवरोध जारी रहनेछ,’ उनल भने ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले लामो समयदेखि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् । तर जेठ १५ गते सरकारका तर्फबाट बजेट प्रस्तुत गर्दा भने  प्रतिपक्षीहरूले संसद् अवरुद्ध गरेनन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि प्रतिपक्षीले उनको राजीनामा मागेर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिपक्षीको अडान- गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न दिँदैनौं
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार