बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार

यूएनडीपीद्वारा सगरमाथा आरोही शाकिल र श्रेष्ठलाई सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
यूएनडीपीद्वारा सगरमाथा आरोही शाकिल र श्रेष्ठलाई सम्मान
ललितपुर, जेठ १६ :

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बंगलादेशी इक्रामुल हसन शाकिल र नेपाली पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।

ललितपुरमा एक कार्यक्रमबीच यूएनडीपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो । शाकिलले पहिलोपटक सगरमाथा आरोहण गरेका हुन् भने पूर्णिमाले भने एकै सिजनमा तीनपटक सगरमाथा चढ्दै इतिहास रचेकी छन् ।

उनी एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी छन् । प्लास्टिक प्रदूषणविरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढेका दुवैले हिमालका समस्या सरकारले विकासका एजेन्डासँग जोड्न आवश्यक रहेको बताए ।

सम्मान कार्यक्रममा उनीहरुले आफूले हिमाल आरोहणका क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताएका थिए ।

सम्मान कार्यक्रममा यूएनडीपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उनीहरुले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्ने धारणा राखे । उनले हिमालका समस्या सरकारको विकासको एजेन्डासँग जोड्न आवश्यक रहेको बताए ।

‘यूएनडीपीको हिमालको संरक्षण गर्न उहाँहरुको जुन जागरुकता छ त्यसको सदुपयोग गर्न खोजेको हो । उहाँहरुले आफूले भोगेको समस्या र हिमालमा देखेको दुर्गतिको विषयलाई सरकारको विकासको एजेन्डासँग कसरी लिंक गर्न सकिन्छ । त्यो आवश्यक पनि छ,’ उनले भने ।

उनले मानव जीवनको लागि हिमालको आवश्यकता अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सहकार्य र समन्वय आवश्यक रहेको पनि धारणा राखे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार