बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

आलमको रिहाइबारे शंकर पोखरेलले भने- न्यायिक क्षेत्र गम्भीर बनौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
आलमको रिहाइबारे शंकर पोखरेलले भने-  न्यायिक क्षेत्र गम्भीर बनौं
काठमाडाैं, जेठ १७ :

कांग्रेस नेता अफताव आलमको रिहाइसम्बन्धी उच्च अदालत वीरगञ्जको आदेशप्रति सत्तारुढ नेकपा एमालेले गम्भीर चिन्ता व्यक्त गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत अदालतको आदेशप्रति संकेत गर्दै नेपालमा 'दोषी चस्मा' र 'अन्धा कानुन'जस्ता मिथकहरू बलियो हुँदै गएको टिप्पणी गरेका छन्। ‘न्यायका नौसिंह, दोषी चस्मा र अन्धा कानुनबाट न्यायिक क्षेत्र ग्रस्त छ भन्ने धारणा बलियो बन्दैछ, गम्भीर बनौं,’ उनले भनेका छन्।

रौतहट इँटाभट्टा हत्याकाण्डमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका आलमलाई उच्च अदालत वीरगञ्जले गत बुधबार रिहा गर्ने आदेश दिएको थियो। फैसलापछि कांग्रेस निकट न्यायाधीशले आदेश दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समेत उक्त फैसला ‘न्याय क्षेत्रमा कलंक’को रूपमा रहने टिप्पणी गरेका थिए।

त्यसपछि नेकपा एसका उपमहासचिव प्रकाश ज्वला, रास्वपाकी सांसद सोविता गौतमलगायतले पनि अदालतको निर्णयप्रति असहमति जनाएका छन्।अधिकारकर्मीहरूले पनि गम्भीर प्रकृतिको मुद्दामा सोचेविचार नगरी फैसला गरिएको भन्दै प्रश्न उठाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार