सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
अर्थतन्त्र

विदेशमा लगानी खुला गर्नु ऐतिहासिक : महासंघ अध्यक्ष ढकाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
विदेशमा लगानी खुला गर्नु ऐतिहासिक : महासंघ अध्यक्ष ढकाल
काठमाडौं, जेठ १७ :

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीलाई विदेशमा लगानी गर्न दिने नीति ल्याउनु ऐतिहासिक भएको बताएका छन्  । निजी क्षेत्रलाई सहयोग पुग्ने गरी नै बजेट आएको उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधै सरकारको साथमा रहेको धारणा राखे ।

केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्न सरकार डराउन नहुने उनको भनाइ छ ।

अब बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए । साथै, स्रोत परिचालन गर्ने ठाउँमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले खनिजजन्य र नदिजन्य पदार्थको उत्खनमा पनि ध्यान दिनुपर्ने आवश्यकता  रहेको बताए ।  पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकामा उनले खुसी व्यक्त गरे । तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।

बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकामा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरुलाई एकद्वारभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार