बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
राजनीति

‘४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गरौं’

मिसन २०८४ को अभियानमा जुट्न आह्वान गर्दै एमालेलाई एकल बहुमतको पार्टीका रुपमा स्थापित गरी इतिहास कायम गरेर मुलुकको विकास, सुशासन र समृद्धिको गतिलाई तीव्रता दिनुस् : एमाले अध्यक्ष ओली
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
‘४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गरौं’
काठमाडौं, जेठ १७ :

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गर्न अखिल नेपाल महिला संघको नेतृत्वलाई निर्देशन दिएका छन् ।

अनेमसंघ केन्द्रीय कमिटीको पूर्ण बैठकमा ओलीले ४० वर्षमुनिका ४० प्रतिशत र ३० वर्षमुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गरेका हुन् । उनले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले संघलाई निष्ठावान्, क्षमतावान् र सक्रिय संगठनका रुपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुकभन्दा अग्रगामी रुपमा आफूलाई उभ्याएको स्पष्ट गरे ।

उनले मिसन २०८४ को अभियानमा जुट्न आह्वान गर्दै एमालेलाई एकल बहुमतको पार्टीका रुपमा स्थापित गरी इतिहास कायम गरेर मुलुकको विकास, सुशासन र समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने धारणा राखे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार