ढाका, जेठ १८ :

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले आइतबार उनलाई पक्राउ गर्न आदेश दिएको हो।

शेख हसिनाविरुद्ध आइसीटीमा आजदेखि औपचारिक सुनुवाइ सुरु भएको छ। उनीमाथि सन् २०२५ को जुलाई १५ देखि सुरु भई एक महिनासम्म चलेको विद्यार्थी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको गम्भीर आरोप लागेको छ। सो घटनामा दर्जनौं प्रदर्शनकारीको ज्यान गएको थियो।

विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि देशमा व्यापक अशान्ति फैलिएको थियो। स्थिति नियन्त्रण बाहिर जाँदा हसिनाले हेलिकप्टरमार्फत भारततर्फ पलायन गरेकी थिइन्। आन्दोलनको चर्को दबाबकै कारण उनी प्रधानमन्त्री पदबाट अपदस्थ भएकी हुन्।

हाल शेख हसिना भारतमै आश्रय लिएर बसेको बताइएको छ। अदालतले उनलाई पेस गराउन बंगलादेश सरकारलाई निर्देशन दिँदै पक्राउ पुर्जी जारी गरेको हो।

सरकार पक्षले अदालतमा हसिनाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघन, प्रदर्शन दमन तथा गैरकानुनी हत्या जस्ता अभियोगहरू दर्ता गरेको छ। अदालतले उक्त अभियोगको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै पक्राउ आदेश दिइएको हो।

भारत छोड़ अब इस देश में पनाह लेंगी Sheikh Hasina ! दूसरे देशों से बातचीत  जारी