बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
राजनीति

शाखा अधिकृत विष्टविरुद्ध रेशम चौधरीको रिट

चौधरीले आफूलाई अन्यायपूर्वक थुनिएको भन्दै क्षतिको मूल्यांकन र दोषीलाई कारबाहीको माग गरेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
शाखा अधिकृत विष्टविरुद्ध रेशम चौधरीको रिट
काठमाडौं, जेठ १९ :

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई षड्यन्त्रपूर्वक थुनामा पुर्‍याएको आरोप लगाउँदै सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।

चौधरीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार त्रुटिपूर्ण आदेश बदर गरी विष्टलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्। साथै उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गत विष्टले पदको दुरुपयोग गरेको भन्दै हदैसम्मको कारबाहीको पनि माग गरेका छन्।

साथै चौधरीले अदालतको लेटरप्याड, छाप र पदको दुरुपयोग गरी आफूलाई अन्यायपूर्वक थुनिएको भन्दै क्षतिको मूल्यांकन र दोषीलाई कारबाहीको माग गरेका हुन्।

वैशाख १७ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन गएका चौधरीलाई विष्टको कीर्ते पत्रको आधारमा पक्राउ गरी डिल्लीबजार कारागार पुर्‍याइएको थियो। पत्र कीर्ते रहेको खुलेपछि उनी पाँच घण्टामै रिहा भए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार