काठमाडौं, जेठ २० :

विपक्षी दलको बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने माग   विपक्षी दलले राख्दै आएका छन् ।

प्रतिपक्षी प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा  बैठक जारी रहेको रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन् ।

यो बैठकमा राप्रपालाई भने बोलाइएको छैन । आज प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाईएको थियो  । बैठक अघि थप रणनीति बनाउन विपक्षी दलको बैठक बसेको हो ।