सर्लाही, जेठ २० :

सर्लाहीको बरहथवा नगरपालिका १७, कटानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना.४६प २८२० नम्बरको मोटरसाइकल सोमबार बिहान पुलबाट खस्दा मलंगवा नगरपालिका ४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

टाउको, निधार र दुवै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । प्रहरीका अनुसार रायको उपचारका क्रममा मृत्यु भएको हो ।