शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार मधेस प्रदेश

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
सर्लाही, जेठ २० :

सर्लाहीको बरहथवा नगरपालिका १७, कटानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना.४६प २८२० नम्बरको मोटरसाइकल सोमबार बिहान पुलबाट खस्दा मलंगवा नगरपालिका ४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

टाउको, निधार र दुवै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । प्रहरीका अनुसार रायको उपचारका क्रममा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार