गृहमन्त्री रमेश लेखकले मन्त्री पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा भिजिट भिसा प्रकरणको विषय उठेपछि गृहमन्त्री लेखकले राजीनामा नदिने तर संसदमा आफुले जवाफ दिन पाउनुपर्ने बताएका हुन् ।
संसदमा बोल्न पाउनुपर्ने वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह गरेका छन् । संसदमा जवाफ दिँदा सबै सदस्यहरुको जिज्ञासा मेटिने समेत मन्त्री लेखकको भनाई छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।
यसैगरी बैठकमा गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुन खटाइने बताएका छन् ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो भन्दै प्रश्न गरेपछि लेखककले सो कुरा बताएका हुन् ।
सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो । आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने गृहमन्त्री लेखकले बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ : विश्वप्रकाश शर्मा
कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ