बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
राजनीति

चल्ला त अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
चल्ला त अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक ?
काठमाडौं, जेठ २१ :

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बोलाइएको छ । हिजो (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएपछि आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूसँग सहमति नजुटेपछि बैठक आजका लागि सारिएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलगायत दलहरुले सदन अवरोध गर्दै आएका छन् । विपक्षी दलहरुको बटमलाइन ‘गृहमन्त्रीको राजीनामा’ रहेको छ । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडानबाट पछि हटेका छैनन् । गृहमन्त्री लेखक भने आफूले पदबाट राजीनामा नदिने बरु सदनमा त्यसबारे आफ्ना कुरा राख्न पाउनुपर्ने अडानमा छन् ।

उसो त संसद्को अवरोध खुलाउन सभामुख देवराज  घिमिरेले सत्ता पक्ष र प्रतिपक्षीसँग मंगलबार दिनभर छुट्टाछुट्टै छलफल गरेका थिए । गृहमन्त्रीको राजीनामाको विषयमा दलहरूले आ-आफ्नो अडान राखेपछि बैठक निष्कर्षविहीन भएको थियो । सभामुख घिमिरेको प्रयास पनि निर्थक भएको थियो ।

अझ सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री केपी ओलीले पनि सोमबार बेलुका तीन दलका शीर्ष नेताको बैठक बोलाएका थिए । त्यहाँ पनि माओवादीले आफ्नो अडानलाई यथावत् राखेपछि छलफल विनानिष्कर्ष टुंगिएको थियो ।

गृहमन्त्री लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले जेठ ७ गतेदेखि संसद्‌मा अवरोध गरिरहेका छन् । तर,सत्तापक्ष संसद् नियमित गर्न पहल थालिरहेको छ ।

प्रतिपक्षीको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित बनेको छ । बजेटमा हिजो (मंगलबार) देखि नै छलफल हुने कार्यसूची थियो ।

गृहमन्त्रीको अडान- पदबाट राजीनामा दिन्नँ, संसद्‌मा जवाफ दिन पाउनुपर्छ

आज (बुधबार) को बैठकमा पनि आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफलको कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ ।

दलहरुबीच सहमति जुटे प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. ०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री पौडेलले जेठ १५ गते संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन-२०८२’ पेस गर्ने कार्यसूची छ ।

बैठक नियमित सञ्चालन भएको अवस्था आए प्रारम्भमै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । साथै उनले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

यसैबीच राष्ट्रिय सभाको बैठक आजै (बुधबार) अपराह्न सवा १ बजे बस्नेछ । यो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने यही सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची तय छ । मंगलबार भने राष्ट्रिय सभा बैठक निर्वाध रुपमा सञ्चालन भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार