बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
राजनीति

आलमलाई सफाइ दिने न्यायाधीश र कानुनमन्त्रीको कल डिटेल छानबिनको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
आलमलाई सफाइ दिने न्यायाधीश र कानुनमन्त्रीको कल डिटेल छानबिनको माग
काठमाडौं, जेठ २१ :

पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएको फैसलापछि त्यसप्रति प्रश्न उठ्न थालेको छ। 

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी पेशागत कानुन व्यवसायी संगठन, पर्सा जिल्ला समितिले सो फैसलासँग सम्बन्धित न्यायाधीश, कानुन व्यवसायी र कानुनमन्त्रीको मोबाइल कल डिटेल रेकर्ड (सीटीआर) छानबिन गर्न माग गरेको छ।

फैसलाको दुई दिनअघि र दुई दिनपछिको कल विवरण सार्वजनिक गरी निष्पक्ष अनुसन्धान अगाडि बढाउन जारी विज्ञप्तिमा माग गरिएको छ।

पूर्वसांसद आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोट घटनामा संलग्न भई हत्या गराएको आरोप थियो। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो तर उच्च अदालत वीरगञ्जले उनलाई सफाइ दिएको हो।

संगठनका सचिव हरिशंकरप्रसाद चौहानद्वारा जारी विज्ञप्तिमा न्यायपरिषद्मा उजुरी परिसकेको जनाउँदै, न्यायपालिकाको विश्वसनीयता जोगाउन निष्पक्ष छानबिन जरुरी रहेको उल्लेख गरिएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार