बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

भ्रष्टाचार मुद्दा दायरसँगै माधव नेपालको सांसद पद निलम्बन

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
भ्रष्टाचार मुद्दा दायरसँगै माधव नेपालको सांसद पद निलम्बन
फाइल तस्बिर।
काठमाडौं, जेठ २२ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।  

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । नेपालले तत्कालीन प्रधानमन्त्रीका हैसियतमा पतञ्जलिलाई सरकारी जग्गा साटासाटमार्फत प्रदान गर्न भूमिका खेलेको अख्तियारले अभियोग लगाएको छ ।

मुद्दा दायर गर्नुअघि अख्तियारले एक महिनाअघि पनि पूर्वप्रधानमन्त्री नेपाललाई आयोगमा सुटुक्क बोलाएर बयान लिएको थियो । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणको अनुसन्धान सकेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पतञ्जलि जग्गा हिनामिना प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार