काठमाडौं, जेठ २३ :

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत (११ करोड १९ लाख रुपैयाँ) बराबरको ११ लाख १९ हजार कित्ता सेयर यही जेठ ३० गतेदेखि निष्कासन गर्ने अनुमति पाएको छ ।

जसमा कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले १ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको १ लाख ८६ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्नेछ । साथै ९३ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ । त्यसपछि बाँकी रहेको ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।