सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार स्वास्थ्य

वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

समयमै पत्ता लागेमा ब्रेन ट्युमर पूर्ण रूपमा निको हुन सक्ने चिकित्सकहरूको भनाइ छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
काठमाडौं, जेठ २५ :

वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीका लागि एक महिनासम्म निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ। ब्रेन ट्युमर दिवसको अवसरमा असार २५  देखि साउन २३  सम्म दर्ता हुने बिरामीलाई यो सुविधा दिइने भएको हो।

अस्पतालको न्यूरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीव झाका अनुसार, वीर अस्पतालमा मासिक ३० भन्दा बढी शल्यक्रिया हुँदै आएको र निजीमा यो उपचारमा १ लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिए।

यसअघि साप्ताहिक ४ दिन ५ वटा शल्यक्रिया टेबलबाट सेवा दिइँदै आएकोमा हाल कोठा र स्रोतसाधन विस्तार गरी सेवा तीव्र बनाइएको हो। वीर अस्पतालमा स्थापना गरिएको नेशनल ब्रेन ट्युमर सेन्टर नेपालमै ब्रेन ट्युमर उपचारको केन्द्रको रूपमा विकास हुँदै गएको छ।

केन्द्रले अत्याधुनिक प्रविधि न्यूरोनेभिगेसन सिस्टम, थ्रीडी इन्डोस्कोप र इन्ट्रा–अपरेटिभ नर्भ मोनिटरिङको प्रयोग गर्दै आएको छ।

डाक्टरहरूका अनुसार टाउको दुखाइ, बारम्बार बान्ता, बेहोस हुने, आँखा नदेखिने, कान नसुन्ने, खाना ननिलिने, छारे रोगजस्ता लक्षण देखिएमा तत्काल अस्पतालमा परीक्षण गराउनुपर्छ। समयमै पत्ता लागेमा ब्रेन ट्युमर पूर्ण रूपमा निको हुन सक्ने चिकित्सकहरूको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार