
काठमाडौं, जेठ २६ :
साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आज सय रुपैयाँ मात्र घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो (आइतबार) एक लाख ९० हजार ७०० कायम थियो ।
यसैगरी आज चाँदी प्रतितोलामा ५ रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार १४५ रुपैयाँ कायम थियो ।