शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति भिडियो

राष्ट्रिय सभा बैठक : सुरेश आले भन्छन्- गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ

‘गृहमन्त्री इमान्दार र नैतिकवान् हुनुहुन्छ भन्ने विश्वास छ,’ सांसद आलेमगरले भने, ‘तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन।’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ जेठ, २०८२ मा प्रकाशित
राष्ट्रिय सभा बैठक : सुरेश आले भन्छन्-  गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ
काठमाडौं, जेठ २६ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ।

राष्ट्रिय सभाको सोमबारको आकस्मिक समयमा माओवादी सांसद सुरेश आले मगरले गृहमन्त्री पदमै रहेसम्म मातहत निकायबाट निष्पक्ष छानबिन सम्भव नरहेको जिकिर गर्दै छानबिन सहज बनाउन राजीनामा दिनुपर्ने बताएका हुन्।

‘गृहमन्त्री इमान्दार र नैतिकवान् हुनुहुन्छ भन्ने विश्वास छ,’ सांसद आलेमगरले भने, ‘तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन। छानबिनमा पूर्ण सहयोग गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ।’

उनले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति चिन्ता व्यक्त गर्दै अघिल्लो प्रकरणमा मुछिएका कर्मचारीहरूलाई पुनः विमानस्थल अध्यागमनजस्तो संवेदनशील जिम्मेवारी दिनु प्रश्नास्पद भएको तर्क गरे।

प्रतिनिधिसभामा संसदीय छानबिन समिति बनाउनेबारे दलहरूबीच सहमति नजिक पुगे पनि अन्तिम टुंगो नलागेको भन्दै उनले सहमति नभए गृहमन्त्री स्वयंले नै जिम्मेवारीबाट हटेर छानबिन सहज बनाउनु पर्नेमा जोड दिए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार