
काठमाडौं, जेठ २७ :
विगत तीन दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ । आइतबार तोलामा तीन हजार रुपैयाँ र सोमबार एकसय रुपैयाँ घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँ घटेको हो ।
प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हिजो प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।
आज (मंगलबार) चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य दुई हजार एक सय ५० रुपैयाँ कायम थियो ।