बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
मनाेरञ्जन

‘महाभोज’को बुकिङ खुल्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
‘महाभोज’को बुकिङ खुल्यो
काठमाडौं, जेठ २८ :

शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साताअघि नै रिलिज तय भएकामा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।

चलचित्रले प्रारम्भिक चरणमा करिब दुई सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

प्रिभ्यु शोहरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई चलचित्रले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यो चलचित्र धेरैभन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् ।

विकास सुवेदीको लेखेको तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाललगायतको अभिनय छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि छिन् ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार