आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
अर्थतन्त्र कर्पोरेट

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के
काठमाडौं, जेठ २८ :

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार बुधबार मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, प्रबन्ध निर्देशक संगीता पहाडीमाथि अख्तियारले भ्रष्टाचारको आरोप लगाएर मुद्दा दायर गरेपछि रिक्त बनेको पदमा मास्केलाई नियुक्त गरिएको हो।

बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको अभियोगमा अख्तियारले पहाडीसहित १८ जनाविरुद्ध गत शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको विगो दाबी गर्दै गरेको छ।

अख्तियारले अनुसन्धानको क्रममा सविना मास्केसँग पनि बयान लिएको थियो। उनी त्यसबेला टेलिकममा प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार