शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

शेखर कोइरालाको आरोप- राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार बन्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
शेखर कोइरालाको आरोप- राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार बन्यो
काठमाडौं, जेठ २८ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार भएको आरोप लगाएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि राज्यबाट हुने प्रहारलाई अस्वीकार्य भन्दै कडा आपत्ति जनाएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन ।’

उनको यस्तो टिप्पणी पत्रकार दिलभूषण पाठकविरुद्ध जारी प्रक्राउ पुर्जी र पछिल्ला दिनमा सञ्चारमाध्यममाथि देखिएको दवाबको सन्दर्भमा आएको हो ।

कोइरालाले सरकार कुशासनको दुश्चक्रमा फसेको आरोपसमेत लगाएका छन् ।उनले भने, ‘सरकार स्वयं आलोचनाको घेरामा रहँदा सञ्चार माध्यमलाई दवाबमा राख्न खोज्नु अस्वीकार्य हो ।’

नेता कोइरालाले यस्तो अवस्थाले लोकतन्त्रको मर्ममाथि नै प्रश्न उठाउने चेतावनी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार