
काठमाडौं, जेठ २९ :
नेपाली बजारमा हिजो (बुधबार) को तुलनामा आज (बिहीबार) सुन प्रतितोला १६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला २१ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदी प्रतितोला २१ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।