
काठमाडौं, जेठ २९ :
सत्तारुढ दल एमाले र नेपाली कांग्रेस भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न तयार भएका छन् ।
यो प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले संसदीय छानबिन समिति गठनको लिखित प्रतिबद्धता आए संसद् पुनः सञ्चालन गर्न तयार हुने बताएका थिए।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच सहमति जुटेको हो।
छलफलपछि दुवै दल छानबिन समिति गठनमा सहमत भएका छन्। यस सहमतिसँगै संसद् अवरुद्ध हुने सम्भावना हटेको देखिएको छ।
र यो पनि…
विपक्षी दलको अडान : छानबिन समिति बनाउने लिखित प्रतिबद्धता भए संसद् चल्न दिने