काठमाडौं, असार १ :

नेपाल आयल निगमले आज मध्यरातिबाट लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमले आइतबार साँझ सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले मूल्य समायोजन गरेको हो ।