काठमाडौं, असार २ :

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपालगायत दलको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले सदनमा भएको अवरोधको गाँठो फुकाउने प्रयास गरेका छन् । यहीअनुरुप घिमिरेले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।

सभामुखले संसद्‌मा जारी अवरोधबारे आज (सोमबार) बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।