काठमाडौं, असार ३ :

नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) भने प्रतितोला २५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँ कायम रहेको सुनको मूल्य मंगलबार भने एक लाख ९५ हजार रुपैयाँ कायम छ ।

यसैगरी गएको शुक्रबारदेखि हिजो (सोमबार) सम्म स्थिर रहेको चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबारदेखि सोमबारसम्म चाँदी प्रतितोला २१ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज (मंगलबार) भने चाँदी प्रतितोला २१ सय ६० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।