नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि (बुधबार) बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो ।
पार्टीका मुख्य-सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकको एजेन्डाबारे भने औपचारिक जानकारी दिइएको छैन । यद्यपि पछिल्लो राजनीतिक परिवेशलाई ध्यानमा राख्दै बैठकमा समसामयिक विषयवस्तुमाथि छलफल हुने अपेक्षा गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।