काठमाडौं, असार ५ :

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको दुवैको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो ।

आज सुन तोलामा ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घट्दै २२ सय रुपैयाँ कायम छ । अघिल्लो दिन चाँदी प्रतितोला २२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।