काठमाडौं, असार ५ :
प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा सांसद्हरुले आ-आफ्ना भनाइ राखिरहेका छन् ।
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषयलाई लिएर बिहीबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै रास्वपाले बेल घेराउ गरिरहेको छ ।
बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा रास्वपाका सांसद हरि ढकालले पार्टीले अघि सारेको माग पूरा नभएसम्म संसद्मा अवरोध जारी रहने बताए ।
‘हाम्रो दलले उठाएको माग पूरा नभएसम्म, गृहमन्त्रीको राजीनामा नआएसम्म, छानबिन समिति गठन नभएसम्म हाम्रो आन्दोलन जारी छ,’ उनले भने । त्यसपछि रास्वपाका सांसदहरू वेल घेराउमा उत्रिए ।
हेर्नुहोस् लाइभ :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक