आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
विदेश

दुर्घटनाग्रस्त एयर इन्डियाको ब्ल्याक बक्स अमेरिका पठाइने

आगलागीका कारण ब्ल्याक बक्स अत्यन्त क्षतिग्रस्त भएको र यसबाट डाटा पुन: प्राप्ति असम्भवजस्तै देखिएपछि यो निर्णय गरिएको हो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
दुर्घटनाग्रस्त एयर इन्डियाको ब्ल्याक बक्स अमेरिका पठाइने
अहमदाबाद, असार ५ :

भारतको अहमदाबादमा गत  जुन १२ मा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ को ब्ल्याक बक्स अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डमा पठाइने भएको छ। आगलागीका कारण ब्ल्याक बक्स अत्यन्त क्षतिग्रस्त भएको र यसबाट डाटा पुन: प्राप्ति असम्भवजस्तै देखिएपछि यो निर्णय गरिएको हो।

लन्डनका लागि उडेको विमान केही समयमै अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा रहेका २४१ यात्रु मध्ये २४० जनाको मृत्यु भएको छ भने ३० जना क्रु सदस्यमध्ये २९ जनाले ज्यान गुमाए। कुल मृतक संख्या २७० पुगेको छ। एक मात्र यात्रु जीवित रहेको पुष्टि भएको छ।

ब्ल्याक बक्सका दुई महत्वपूर्ण भाग  ककपिट भ्वाइस रेकर्डर  र फ्लाइट डाटा रेकर्डर  दुर्घटनाको भोलिपल्टै फेला परेका थिए। तर ती उपकरणहरू आगो र उच्च तापमानका कारण अत्यधिक क्षतिग्रस्त भएका छन्।

भारतमा यति क्षतिग्रस्त ब्ल्याक बक्सबाट डाटा पुन: प्राप्त गर्न सक्ने प्रविधि वा प्रयोगशाला नभएकाले अमेरिका पठाउने निर्णय गरिएको हो। अनुसन्धानको गोपनीयता र सुरक्षाको लागि सरकारी अधिकारीहरू पनि ब्ल्याक बक्ससँगै अमेरिका जानेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार