बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
राजनीति भिडियो

रामहरि खतिवडाको जवाफ- मैले गल्ती गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु

छानबिन समितिबारे सभामुखले थाले परामर्श
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
रामहरि खतिवडाको जवाफ- मैले गल्ती गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु
काठमाडौं, असार १८ :

संघीय निजामती सेवा विधेयकमा आफू संलग्न नभएको दाबी गर्दै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू दोषी देखिए जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभा समितिको बुधबारको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले खतिवडाले नै गरेको दोषारोपण गरेपछि उनले आफ्नो निष्ठा र सम्मानमा आँच आउने काम भएको जनाउँदै  यस्तो बताएका हुन् ।

खतिवडाले भने आफूमाथि राजनीति सक्ने नियतले आक्रमण गरिएको गुनासो गरे। ‘म बाउ सहिद भएर वा चन्दा दिएर सांसद भएको होइन, निर्वाचनबाट आएको हुँ,’ उनले स्पष्ट पारे।

कांग्रेसकै सांसद थानीले सभापति खतिवडालाई सोधे- तपाईंको कोर टिममा को-को छन् ?

विधेयकमा आफूले कार्यअधिकारबाहिर कुनै काम नगरेको दाबी गर्दै उनले संसद्‌मा उठेको प्रश्न संसद्माथिकै प्रहार भएको टिप्पणी गरे।

निजामती सेवामा ‘कुलिङ पिरियड’ व्यवस्था ल्याइएको विषयमा स्पष्ट पार्दै उनले केही कर्मचारीको स्वार्थी प्रवृत्तिलाई नियन्त्रण गर्न यो व्यवस्था आवश्यक भएको पनि बताए।

सभामुखले छानबिन समितिबारे परामर्श थाले

यसैबीच, संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका छन्।

समिति सभापति  खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराएका थिए । सभामुखले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका थिए । सभामुखले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरे ।

नेताहरूले प्रधानमन्त्री देशबाहिर रहेकाले उहाँ फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिएका छन् । 
संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणका लागि तोक्नुभएको सभामुखलाई जानकारी गराए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार